
अमेरिकाका राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनका विषयमा चर्चा गर्न आयोजित कोप२६ सम्मेलनअघि गरेको गतिविधिले धेरैलाई निराश बनाएको छ ।
शुक्रवार क्रिस्चियन क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसलाई भेट्न पुग्दा बाइडनको गाडीसँगै ८५ वटा गाडीको लावालश्कर लागेको थियो ।
इटलीमा कोभिड–१९ को नियन्त्रणका कारण प्रत्येक गाडीमा रहने यात्रुको संख्या सीमित गरिएको छ । त्यसैले बाइडनसँगको लावालश्कर लामो भएको हो । सामान्यतया राष्ट्रपतिको मोटरकेडमा लगभग २५ वटा जति गाडी हुन्छन् ।
बाइडनले पोपसँगको भेटमा लगभग १२ जना जतिलाई लगेका थिए । उनको मोटरकेडमा सुरक्षाकर्मीका साथै पत्रकारहरू पनि थिए ।
कार्बन उत्सर्जन गर्ने गाडीहरू रोमका सडकमा गुड्दा धेरैजना छक्क परेका थिए किनकि बाइडन र पोप दुवैले वातावरण संरक्षणका बारेमा बारम्बार कुरा राख्ने गरेका छन् ।
बाइडनको मोटरकेडमा भएका गाडीहरू वातावरणमैत्री छैनन् । तिनको माइलेज पनि थोरै छ ।
Biden arriving at the Vatican. His motorcade is lonnnnnng. pic.twitter.com/fDzAH2ENsk
— Chico Harlan (@chicoharlan) October 29, 2021