१५ असार २०८३, सोमबार

रोममा अमेरिका र चीनका परराष्ट्रमन्त्रीबीच बाझाबाझ

कात्तिक १५, २०७८
रोममा अमेरिका र चीनका परराष्ट्रमन्त्रीबीच बाझाबाझ

इटलीको राजधानी रोममा आयोजित जी२० शिखर सम्मेलनको साइडलाइनमा वार्ता गरेका अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केन र उनका चिनियाँ समकक्षी वाङ यीबीच ताइवानका विषयमा बाझाबाझ गरेका छन् । 

ताइवान जलसन्धिमा तनाव चर्काउने कदमका विषयमा उनीहरूले एकअर्कामाथि आरोपप्रत्यारोप लगाएका हुन् । 

रोममा एक घन्टा लामो बैठक चल्दा ताइवानमा यथास्थितिलाई बेइजिङले परिवर्तन गर्न चाहेमा वाशिङटनले त्यसको प्रतिकार गर्ने ब्लिन्केनले बताए । 

उनीहरूबीचको वार्ता सिर्जनात्मक, उत्पादक तथा ठाडोठाडो भएको एक अधिकारीले वाल स्ट्रीट जर्नललाई जानकारी दिए । 

ब्लिन्केन र वाङबीच गत मार्च महिनामा अलास्कामा भएको कडा वार्तापछिको पहिलो भेटघाट थियो । 

यस वातौमार्फत यसै वर्षको अन्त्यमा अमेरिकाका राष्ट्रपति जो बाइडन र चीनका राष्ट्रपति सी चिनपिङबीच भर्चुअल शिखर सम्मेलनको बाटो खुल्ने एक अधिकारीले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्