३१ जेठ २०८३, आइतबार

स्कुटर दुर्घटनामा १ जनाको मृत्यु

कात्तिक १५, २०७८
स्कुटर दुर्घटनामा १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

दाङको दूधरासमा रा४प ४९७३ नम्बरको स्कुटर  दुर्घटना हुँदा सोमवार १ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१८ का ३५ वर्षीय मधुसुदन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।
 
स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि  अहिले अस्पतालमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्