०२ साउन २०८३, शनिबार

बेरोजगारीलाई अन्त्य गरेर जनताको आर्थिक जीवनस्तर उकास्नुपर्छ : मन्त्री कार्की

कात्तिक १५, २०७८
बेरोजगारीलाई अन्त्य गरेर जनताको आर्थिक जीवनस्तर उकास्नुपर्छ : मन्त्री कार्की

सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार देशलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउन प्रतिबद्ध रहेको बताएका छन् ।

सुनसरीको बराहा क्षेत्र नगरपालिका–७ मा सोमवार नेपाली कांग्रेस बराहाक्षेत्र नगर कार्यसमितिले आयोजना गरेको कोशी पीडित सुकुम्वासी तथा अव्यवस्थित बसोबास व्यवस्थापन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सो विचार व्यक्त गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको प्राथमिकता विकासको सिर्जना गरेर समृद्धिको बाटोतर्फ अग्रसर गराउने भएकाले त्यसतर्फ अहिलेको सरकार वचनबद्ध र प्रतिबद्ध रहेको उनको भनाइ थियो । 

वैदेशिक लगानी भित्र्याएर स्वदेशको पुँजीलाई परिचालन गर्दै देशमा रहेको बेरोजगारीलाई अन्त्य गरेर जनताको आर्थिक जीवनस्तर उकास्नुपर्नेमा जोड दिँदै उनले विकास निर्माण गर्ने विषयमा पनि सबै एकैठाउँमा उभिएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । ‘आस्थाका आधारमा जो जुनसुकै पार्टीमा भए पनि विकास निर्माणका लागि सबै एक ठाउँमा उभिनुपर्छ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्