
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने नेपाली यात्रुबाट कोभिड–१९ परीक्षण गरेबापत लिइदै आएको आरटी–पीसीआर परिक्षणको शुल्क घटाउन निर्देशन दिएका छन् ।
बैदेशिक रोजगारीमा जाने युवाहरुले अनिवार्य गर्नु पर्ने उक्त परिक्षणको शुल्क बढी लिइएको गुनासो व्यापक रुपमा आएपछि शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा गएका मन्त्री आलेले शुल्क १२ सय कायम गर्न निर्देशन गरेका हुन् । त्यस अघि उक्त परीक्षण बापत प्रयोगशालाले रु दुई हजार रुपैयाँ लिने गरेको यात्रुको आरोप थियो ।
मन्त्री आलेले आरटी–पीसीआरको शुल्क घटाउन व्यवस्था गर्न निर्देशन दिएसँगै अहिले प्रयोगशालालाई पनि शुल्क घटाउन निर्देशन दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन विभाग प्रमुख सुरेशप्रसाद खनालले जानकारी दिए ।