
३६ वर्षीया एक विवाहित शिक्षिकाले आफ्नै छात्रासँग प्रेम सम्बन्ध राखेको आरोपमा उनलाई कुनै पनि विद्यालयमा पढाउन नपाउने गरी निलम्बित गरिएको छ ।
आफ्नै विद्यार्थीसँग प्रेम सम्बन्ध राखेका कारण अब उनी कुनै पनि विद्यालयमा पढाउन पाउने छैनिन् ।
शिक्षिकाको नाम आमना नजम खान हो । आजमा ब्राडफर्डको टोङ्ग हाईस्कुलमा अध्यापन गर्थिन् । आरोप छ कि उनी विगत ९ महिनादेखि आफ्नै स्कुलमा पढ्ने १८ वर्षीय छात्र विद्यार्थीसँग प्रेम सम्बन्धमा थिइन् । उनी फेसबुक र च्याटिङ ऐपमा ती छात्रसँग कुराकानी गर्थिन् । र ती छात्रलाई आफ्ना नाङ्गो तस्वीर पनि पढाउने गर्थिन् ।
‘डेली मेल’को एक समाचारका अनुसार आमना र ती छात्रको प्रेम सम्बन्ध सार्वजनिक भएपछि नेशनल काउन्सिल फर टिचिङ एन्ड लिडरसिपको जाँच समितिले उक्त मामलामा जाँच गरेको छ ।
जाँचमा पत्ता लाग्यो की आमनाले ती छात्रलाई आफ्नो घरमा पनि बोलाइन् । जहाँ उनीहरुबीच शारिरीक सम्बन्ध पनि भयो ।
यो मामला २ वर्ष पुरानो हो । तर जाँच समितिको फैसला अहिले मात्रै आएको हो । अनुसन्धान अनुसार आमना र ती छात्रको अफेयर जनवरी २०१५ मा सुरु भएको थियो । ती छात्र सोही वर्ष फेब्रुअरी–मार्चमा १८ वर्ष पुगेका थिए ।
आमना उक्त विद्यालयमा २००९ देखि पढाइरहेकी थिइन् । अनुसन्धानमा खुलेको छ कि आमनाले ती छात्रलाई आफूसँगै हाटेलको रुमहरुमा पनि लैजान्थिन् ।
अनुसन्धानमा यो पनि पत्ता लागेको छ कि शिक्षिकासँगसको अफेयरका कारण ती छात्रको शैक्षिक प्रदर्शन पनि प्रभावित भएको थियो ।
एजेन्शीको सहयोगमा