१५ असार २०८३, सोमबार

नवउद्यमी महिलालाई विना धितो ऋण सहयोग

कात्तिक १६, २०७८
नवउद्यमी महिलालाई विना धितो ऋण सहयोग

पाल्पाको तानसेन नगरपालिकाले नयाँ उद्यम गर्न चाहने महिलालाई विना धितो ऋण सहयोग दिने भएको छ ।

नगरपालिका भित्रका महिलालाई व्यवसाय तथा विभिन्न उद्यम गर्न १५ लाख रुपैयाँ बराबरको ऋण सहयोग उपलब्ध गराइने छ । 

नगरपालिकाले मुक्तिनाथ विकास बैंक पाल्पा शाखासँग सम्झौता गरेको छ । बैंकमार्फत उद्यम गर्ने चाहना भएका महिलालाई ऋण सहयोग उपलब्ध हुनेछ ।

आयआर्जन लिने गरी केही व्यवसाय गर्ने सोच बनाएका महिलालाई ऋण सहयोग गराउने कार्यक्रम ल्याएको नगर प्रमुख अशोककुमार शाहीले बताए । 

बैंकले नगरपालिकाका सिफारिसमा ४ दशमलव ६४ प्रतिशत ब्याजदरमा विना धितो ५० हजारदेखि १५ लाख रुपैयाँसम्म र धितो राखेर धितोको मूल्यांकनअनुसार ऋण प्रदान गर्ने बैंकका शाखा प्रबन्धक टेकराज ज्ञवालीले जानकारी दिए ।

नगरपालिकाबाट सिफारिस भएको १० दिनभित्रमा उद्यमीलाई ऋण उपलब्ध गराइने छ । यसै महिनादेखि विना धितो ऋणका लागि तानसेन नगरपालिकाले बैंकलाई सिफारिस गरी पठाउने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्