×

NMB BANK
NIC ASIA

पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनको तयारी गर्दै सरकार

कात्तिक १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रालयले पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनको तयारी गरेको बताएका छन् ।

Muktinath Bank

म्याग्दीको बेनीमा मंगलवार भएको कार्यक्रममा मन्त्री पौडेलले विपन्न समुदायका विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन प्रतिस्थापन विधेयकमार्फत ल्याएको पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि अन्तिम चरणमा पुगेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पढ्दै कमाउँदै, राष्ट्रपति शैक्षिक सुधार र भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणमा मन्त्रालयले प्राथमिकता दिएको छ,’ उनले भने, ‘भूकम्प प्रभावित ३१ जिल्लामा चलिरहेको विद्यालय भवन पुनर्निर्माण कार्यक्रमलाई पूर्णता दिन मन्त्रिपरिषद् बैठकले आवश्यक जनशक्तिको दरबन्दी स्वीकृत गरेको छ ।’


Advertisment
Nabil box
Kumari

अस्थायी शिक्षकको माग सम्बोधनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताउँदै मन्त्री पौडेलले तत्काल गर्नुपर्ने कामहरूलाई प्राथमिकीकरण गरेर ३ महिने कार्ययोजना बनाउन लागेको जानकारी दिए । 

Vianet communication
Laxmi Bank

संघीय शिक्षा ऐन ल्याउन अध्ययन र सत्ता साझेदार दलहरूबीच छलफल चलिरहेको मन्त्री पौडेलले बताए । शिक्षक सेवा आयोगले थप १७ हजार शिक्षकको पदपूर्ति गर्न प्रक्रिया थालेको र नियमावली संशोधन गर्न संसदीय समितिमा प्रस्ताव गरिएको बताए ।

प्रेस सेन्टर म्याग्दीको चौथो जिल्ला सम्मेलनको उद्घाटन गर्न आएका मन्त्री पौडेल जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ र एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भएका थिए ।

मन्त्री पौडेललाई एकाइका प्रमुख दलबहादुर थापाले जिल्लाको शैक्षिक गतिविधि, विद्यालय भवन पुनर्निर्माण र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनको अवस्थाबारे जानकारी गराएका थिए ।

प्रेस सेन्टरको सम्मेलन उद्घाटन समारोहमा मन्त्री पौडेलले सकारात्मक परिवर्तनका लागि सञ्चार क्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक रहेको बताए । ‘समग्र विकास र सुशासनका लागि पत्रकारिता क्षेत्र बलियो हुनुपर्छ,’ उनले भने, ‘प्रेस स्वतन्त्रता र पत्रकारिताको विकासमा सरकार प्रतिबद्ध छ ।’

मन्त्री पौडेलले म्याग्दीको विकासका साथै जलविद्युत्, पर्यटन, कृषि, पशुपालन क्षेत्रमा रहेको सम्भावना तथा समस्या उजागर गरी समाधानका उपाय पहिल्याउन पत्रकारितामार्फत भूमिका निर्वाह गर्नुपर्ने बताए ।

बाग्लुङबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने मन्त्री पौडेलले म्याग्दी लगायत समग्र धौलागिरि क्षेत्रको विकासमा आफ्नो तहबाट प्राथमिकताका साथ सक्रिय रहने प्रतिबद्धता जनाए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x