२४ जेठ २०८३, आइतबार

मधुमेह दिवसमा नर्भिकद्वारा विशेष हेल्थ प्याकेजको घोषणा

कात्तिक १६, २०७८
मधुमेह दिवसमा नर्भिकद्वारा विशेष हेल्थ प्याकेजको घोषणा

वल्र्ड डाइबिटिज डे(विश्व मधुमेह दिवस)को अवसरमा नर्भिक इन्टरनेशनल अस्पतालले एक्सक्लूसिभ हेल्थ प्याकेजको घोषणा गरेको छ । 

विश्वव्यापी रुपमा बढ्दो मधुमेहको समस्याको न्यूनिकरणका लागि आफ्नो तर्फबाट पनि योगदान गर्न सकियोस् र मधुमेहका संभावित बिरामीहरुलाई स्वास्थ्य जाँचका लागि प्रोत्साहित गर्न सकियोस् भन्ने उद्देश्यले नर्भिकले विशेष प्याकेज घोषणा गरेको हो । 

मधुमेह जाँचको विशेष प्याकेज विश्व मधुमेह दिवसको दिन सहुलियत दरमा खरीद गर्न सकिने अस्पतालले जनाएको छ । 

विश्व मधुमेह दिवस नोभेम्बर १४ को दिन पर्छ । सो दिन नर्भिकमा आएर वल्र्ड डायबिटिज डे प्याकेज लिन चाहनेले रु. ६००० तिरे पुग्छ ।

यो शुल्कमा रेन्डम ब्लड सुगर, एचबीए वानसी, एसजीओटी, एसएसजीपीटी,  जी जीटी, यूरिया, क्रेटिनाइन, लिपिड प्रोफाइल, यूरिक एसीड, सीआरपी, इएसआर, र सीबीसी जस्ता परीक्षणहरु हुनेछन् । सामान्य अवस्थामा यी सबै परीक्षण गर्दा १० हजार हाराहारी तिर्नुपर्ने हुन्छ । मधुमेह दिवसको दिन १० हजार हाराहारी पर्ने परीक्षणलाई ६ हजारमा सीमित गरी प्याकेज तयार गरिएको हो । 

नर्भिकले विश्व मधुमेह दिवसको दिन मधुमेह रोग विशेषज्ञ डा. डिना श्रेष्ठको निःशुल्क कन्सलट्यान्ट सेवा समेत संचालन गर्नेछ । कुनै पनि व्यक्तिको रिपोर्ट असामान्य आएको खण्डमा मात्र डा. श्रेष्ठको कन्सलट्यान्ट सेवा निःशुल्क हुने शर्त राखिएको छ । 

यसैगरी, नर्भिक अस्पतालले विश्व मधुमेह दिवसको अवसर पारेर हाईब्लड सुगरको संभावित समस्या पत्ता लगाउने उद्देश्यले एचबीए वान सी परीक्षणमा समेत छुटको अफर सार्वजनिक गरेको छ । एचबीए वानसी तीन महिनाको सुगर लेभल जाँच गर्ने परीक्षण विधि हो । यो परीक्षण गर्दा लाग्ने शुल्कमा पनि नर्भिकले २५ प्रतिशत छुटको घोषणा समेत गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्