२६ असार २०८३, शुक्रबार

राहतका थप कार्यक्रम ल्याउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाँण

कात्तिक १६, २०७८
राहतका थप कार्यक्रम ल्याउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरो पीडितलाई थप राहत दिलाउन सरकार लागिपरेको बताएका छन् ।

धनकुटा, पाँचथर र इलामको बाढीपहिरा प्रभावित क्षेत्रको मंगलवार अवलोकनपछि उनले थप राहत प्रदान गर्नका लागि अनुगमन भइरहेको जानकारी दिए ।

प्रधानमन्त्रीको कार्यभार समेत सम्हालेका गृहमन्त्री खाँणले बाढीपहिरोबाट मृत्यु भएका प्रतिपरिवारलाई २ लाख रुपैयाँ, सोही घरका अन्य व्यक्तिको ज्यान गएको भए प्रतिव्यक्ति १ लाख रुपैयाँ राहत प्रदान गरिने निर्णय सरकारले गरिसकेको उल्लेख गर्दै यसमा के कति राहत थप गर्न सकिन्छ, त्यसका लागि प्रयास भइरहेको बताए ।

घाइतेको निःशुल्क उपचार र बेपत्ता परिवारलाई समेत २ लाख रुपैयाँ दिने सरकारले यसअघि नै घोषणा गरिसकेको उनले बताए ।

गृहमन्त्री खाँणसँगै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सडक विभागका प्रतिनिधिलगायतको टोलीले मंगलवार बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।

गृहमन्त्री खाँणले बाढीपहिरो पीडितको उद्धार र राहतमा खट्ने सबैलाई धन्यवाद दिँदै अझै पनि केही व्यक्ति बेपत्ता रहेको हुँदा उनीहरूको उद्धार र राहतमा जुट्न सबैलाई आग्रह गरे । उनले विद्युत्, खानेपानी र सिँचाइका क्षेत्रमा बढी असर देखिएकाले त्यसतर्फ आफूहरूको ध्यान गएको बताउँदै किसानलाई राहतका लागि समेत विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

गृहमन्त्री खाँणले मंगलवारै धनकुटाको चौबिसे गाउँपालिका, पाँचथरको तुम्बेवा गाउँपालिकासहित इलाम र सुनसरी जिल्लामा पुगेर प्रभावित क्षेत्रका वासिन्दाको अवस्था बुझ्ने कार्यक्रम रहेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्