१२ असार २०८३, शुक्रबार

मध्यरातमा ट्याक्सी रोकेर लुटपाट

कात्तिक १६, २०७८
मध्यरातमा ट्याक्सी रोकेर लुटपाट

वैदेशिक रोजगारको लागि गएर फर्किनेहरुलाई लुटपाट गरेको  आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कात्तिक ११ गते राति कतारबाट स्वदेश फर्किएका एक यात्रु लुटिएको उजुरीको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।  पक्राउ परेकाहरुको विस्तृत विवरण प्रहरीले खुलाएको छ ।
प्रहरीका अनुसार ट्याक्सी चढी दाइको कोठामा जाने क्रममा  सिनामंगल कार्गो गोदाम अगाडी दुई वटा मोटरसाइकलमार्फत ट्याक्सीको बाटो छेकी २ थान मोबाइल, ६०० कतार रियाल र २५ ग्रामको सुनको औँठी लिएर लुटेरा फरार भएका थिए ।

 लुटेरालाई लुटेको मोबाइल थान १ र मोटरसाइकलसहित महानगरीय परिसर काठमाडौ वृत्त गौशालाको विशेष टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्