१६ असार २०८३, मंगलबार

तिहारको दोस्रो दिन मनाइयो कुकुर तिहार

कात्तिक १७, २०७८
तिहारको दोस्रो दिन मनाइयो कुकुर तिहार
फाइल फोटो

यमपञ्चकको दोस्रो दिन बुधवार इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । 

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ । कात्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने बिहीवार बिहान मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

बुधवार बिहान ७ ः १४ बजेसम्म मात्र त्रयोदशी तिथि र त्यसपछि चर्तुदशी लागेको हो । 

बुधवार बिहान अरुणोदयकालमा चतुर्दशी नभएको र बिहीबार बिहान अरुणोदयकालमा चतुर्दशी रहेकाले यस्तो निर्णय गरिएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए ।

चर्तुदशीको बिहान खोला, नदी, ताल, तलाउ, पोखरी गई नरक स्नान गरेर बत्तीबाली नरके बगाउने यो पर्व अरुणोदयकालअघि नै मनाउनुपर्ने शास्त्रीय मान्यता रहेको उनले सुनाए । नरक स्नान गरेमा नरकको दुःख भोग्नु नपर्ने शास्त्रीय मान्यता रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्