१७ असार २०८३, बुधबार
देउवाको स्वदेश फिर्ती

स्वदेश फर्किए प्रधानमन्त्री देउवा, मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी

कात्तिक १८, २०७८
स्वदेश फर्किए प्रधानमन्त्री देउवा, मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी

स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री शेरबहादुर देउवा बिहीवार स्वदेश फर्केका छन् ।

कात्तिक १२ गते बेलायत गएका देउवा बिहीवार बिहान स्वदेश फर्केका हुन् । 

स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले हिमाली क्षेत्रको पर्यावरण संरक्षणबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको बताए । 

पत्रकारहरूको एक प्रश्नको जवाफमा कांग्रेस सभापति समेत रहेका देउवाले वर्तमान गठबन्धन चुनावसम्म नै चल्ने दाबी गरे । 

देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको पनि जानकारी गराए । 

salt training

कमेन्ट गर्नुहोस्