२९ जेठ २०८३, शुक्रबार

भारतीय फूलले बजार कब्जा

कात्तिक १८, २०७८
भारतीय फूलले बजार कब्जा
फाइल तस्वीर

भारतबाट धेरै परिमाणमा फुल आए पछि नेपाली ब्यवसायी मारमा परेको गुनासो गरेका छन् । 

काठमाडौँको नयाँ सडक क्षेत्रमा देखिएको फुलको व्यापारमा अधिकांश भारतीय फूल देखिएको छ ।

भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म विक्रि हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको किसान व्यापारीले गुनासो गरेका छन् ।

काठमाडौँमा लक्ष्मी पूजा र गोवर्धन पूजाको दिन सयपत्री, मखमली लगायतका फूलहरूको बिक्रि धेरै हुने गर्छ ।  

कात्तिक पहिलो साता देशभर परेको बेमौसमी वर्षाले मुख्य कृषि बाली सँगै फूल खेतीमा पनि क्षति गरेको थियो । वर्षाले देशभर लगाइएको र बिक्रीका लागि तयारी अवस्थामा रहेका फूलमा धेरै क्षति भयो । काठमाडौँ उपत्यका वरिपरिका साथै तराईका विभिन्न क्षेत्रमा व्यवसायिक रुपमा फुलको खेति हुने गरेको छ ।

फूल बेन्चका लागि काठमाडौंमा छिमेकी जिल्लाहरु नुवाकोट,धादिङ, काभ्रेपलाञ्चोकबाट किसान तथा व्यापारी आउने गर्छन ।

काठमाडौंको नयाँ सडकमा फूल बेच्ने र किन्नेहरूको अत्याधिक भिडभाड देखिए पनि नेपाली किसान व्यापारी भने निराश देखिएका छन् ।  वर्षेनी तिहारको समयमा काठमाडौंमा आई फूल बेच्दै आउनुभएका धादिङका अशोक अधिकारीले यस वर्ष भारतबाट फूल अत्याधिक आएका कारण नेपाली फूलले उचित मूल्य नै नपाएको गुनासो गरे ।

यो वर्षको तिहारमा फूलमालाको माग बढ्ने र यसको प्रत्यक्ष लाभ नेपाली किसानले गर्ने अनुमान गरिएको थियो । तर बेमौसमी वर्षाको कारण नेपाली किसानले लगाएको फूल बारीमै नष्ट भए पछि भारतीय फूलले बजारमा कब्जा जमाएको छ ।

कोराना संक्रमणको जोखिम कम भएको र मानिसहरुले उल्लासमय तरिकाले तिहार मनाउने हुँदा माग बढ्ने अनुमान गरिएको थियो ।

 गत वर्षको तुलनामा ५ लाख बढी मालाको माग बजारमा आउने अनुमान गरिएको छ । नेपालमा वार्षिक रूपमा करिब ३ अर्ब रुपैयाँ बराबरको फूल कारोबार हुँदै आएको बिभिन्न अध्ययनले देखाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्