काठमाडौँ, ८ असार - अखिल (क्रान्तिकारी) ले शिक्षा मन्त्रालयसँगको सहमतिअनुसार बढी शुल्क फिर्ता नगर्ने काठमाडौँ उपत्यकाका विभिन्न ३३ निजी (संस्थागत) विद्यालयको लेखा शाखामा आज तालाबन्दी गरेको छ ।

गत जेठ १५ गते मन्त्रालय र संयुक्त विद्यार्थी आन्दोनलका प्रतिनिधिबीच तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने विद्यालयबाट १५ दिनभित्र फिर्ता गराउने सहमति भएपनि हालसम्म कार्यान्वयन नभएकाले पुनः तालाबन्दी गरिएको सो सङ्गठनका सचिवालय सदस्य विपी चौलागाईँले जानकारी दिए ।
उनका अनुसार ललितपुरको जेम्स, युलेन्स, रातो बङ्गाला, काठमाडौँको ग्यालेक्सी, भिएस, साउथ वेष्टर्न, जेभियर्स, बाबा, एपेक्स, सिद्धार्थ वनस्थली, फ्लोरोसेन्ट र भक्तपुरको मातृभूमीलगायत विद्यालयको लेखा शाखामा तालाबन्दी गरिएको छ ।