१२ साउन २०८३, मंगलबार

गान्धी अङ्कित सिक्काको अनावरण

कात्तिक १८, २०७८
गान्धी अङ्कित सिक्काको अनावरण


बेलायतले भारतीय स्वतन्त्रतावादी नेता महात्मा गान्धीको जीवन र विरासतको उत्सव मनाउँदै दीपावलीको अवसरमा बिहीबार नयाँ स्मारक सिक्का अनावरण गरेको छ ।

सुन र चाँदीमा उपलब्ध यस विशेष सिक्कामा भारतको राष्ट्रिय फूल, कमलको चित्र र गान्धीको एउटा प्रख्यात उद्धरण ‘मेरो जीवन मेरो सन्देश हो’ भन्ने उल्लेख गरिएको छ ।

बेलायतका प्रथम हिन्दू वित्त मन्त्री ऋषि सुनाकले बेलायतले गान्धीको सम्मानमा गरेको यो कामलाई ‘विश्वभरका लाखौं मानिसहरूलाई प्रेरित गर्ने प्रभावशाली नेतालाई उचित श्रद्धा’ भएको बताए ।

“हिन्दू धर्म मान्ने भएकाले दिपावलीका बेला यो सिक्का खुलाउन पाएकोमा म गौरवान्वित छु,” सुनाकले भने ।

विश्वभरि नागरिक अधिकार आन्दोलनका लागि चिनिँने गान्धीले भारतमा बेलायती शासनविरुद्धको स्वतन्त्रता अभियानको नेतृत्व गरेका थिए । यसका कारण सन् १९४७ मा भारत स्वतन्त्रता प्राप्त गर्न सहयोग पुगेको थियो ।

बिहीबारबाट बिक्री भइरहेको ५ पाउण्डको सिक्का ‘रोयल मिन्ट’को दिवाली संकलनको ब्यापक हिस्सा हो । यो सिक्कामा धनकी हिन्दू देवी लक्ष्मीको चित्रण गरिएको सुनबार पनि समावेश छ ।

हिन्दूहरू मसीही तथा मुसलमानहरूपछि बेलायतको तेस्रो ठूलो धार्मिक समूह हुन् र यो जनसंख्याको लगभग १.६ प्रतिशत रहेको छ ।

अधिकांश बेलायती हिन्दूहरू नेपाल, भूटान, बर्मा तथा भारतीय मूलका रहेका छन् ।

कमेन्ट गर्नुहोस्