११ असार २०८३, बिहीबार

संविधान र लोकतन्त्रको रक्षार्थ गठबन्धन बनेको हो : ऊर्जामन्त्री भुसाल

कात्तिक १९, २०७८
संविधान र लोकतन्त्रको रक्षार्थ गठबन्धन बनेको हो : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रतिगमनको खतरा रहँदासम्म वर्तमान कायम रहने बताएकी छन् । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेर गठबन्धनको सरकार बनेको बताउँदै उनले भनिन्, “जनताको आकांक्षालाई सम्बोधन गर्न र उपलब्धी रक्षा गर्न गठबन्धन बनेको हो ।”

ललितपुरको ठेचोमा  आयोजित नवदुर्गा भवानीदेवी मन्दिर उद्घाटन तथा गोदावरी नगरपालिकाद्वारा स्थापित अक्षयकोष रकम सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा मन्त्री भुसालले गठबन्धन सरकारले जनताको चाहनाभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने स्पष्ट पारिन् ।

salt training

कमेन्ट गर्नुहोस्