०१ असार २०८३, सोमबार

विश्वको सफ्ट पावर सर्भेमा भारत खस्कियो, चीन उक्लियो

कात्तिक १९, २०७८
विश्वको सफ्ट पावर सर्भेमा भारत खस्कियो, चीन उक्लियो

अन्तर्राष्ट्रिय सफ्ट पावरको सूचकांकमा जर्मनी लगातार पाँच वर्षदेखि संसारको पहिलो मुलुक बन्दै आएको छ । 

कुल ६० मुलुकहरूको सफ्ट पावरको सूचीमा जर्मनीले पहिलो स्थान कायम गरेको हो । 

नेसन ब्रान्ड इन्डेक्समार्फत प्रशासन, मित्रतापूर्ण व्यवहार, संस्कृति र जीवनको गुणवत्ता जस्ता ६ वटा मापदण्डका आधारमा ६० देशको मूल्यांकन गरिन्छ । 

सूचीमा जर्मनीपछि क्यानडा, जापान, इटली र बेलायत परेका छन् । बेलायत दोस्रो स्थानबाट झरेर पाँचौंमा पुगेको हो । पर्यटकहरूलाई स्वागत नगरेको अनि वातावरण संरक्षण गर्न नसकेको भएर बेलायतको स्थान खस्केको हो । 

बेलायतका राजनीतिशास्त्री सिमोन अन्हलोल्ट तथा सर्वेक्षण संस्था इप्सोसले यो सर्भे गराएका हुन् । 

अमेरिका पोहोर सालको भन्दा दुई स्थान माथि रही आठौं स्थानमा छ । भारत अघिल्लो वर्षभन्दा ६ स्थान तल झरेर ४० मा पुगेको छ । चीनले पहिलेको भन्दा सुधार गरेर आफूलाई ३१औं स्थानमा पुर्‍याएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्