
अन्तर्राष्ट्रिय सफ्ट पावरको सूचकांकमा जर्मनी लगातार पाँच वर्षदेखि संसारको पहिलो मुलुक बन्दै आएको छ ।
कुल ६० मुलुकहरूको सफ्ट पावरको सूचीमा जर्मनीले पहिलो स्थान कायम गरेको हो ।
नेसन ब्रान्ड इन्डेक्समार्फत प्रशासन, मित्रतापूर्ण व्यवहार, संस्कृति र जीवनको गुणवत्ता जस्ता ६ वटा मापदण्डका आधारमा ६० देशको मूल्यांकन गरिन्छ ।
सूचीमा जर्मनीपछि क्यानडा, जापान, इटली र बेलायत परेका छन् । बेलायत दोस्रो स्थानबाट झरेर पाँचौंमा पुगेको हो । पर्यटकहरूलाई स्वागत नगरेको अनि वातावरण संरक्षण गर्न नसकेको भएर बेलायतको स्थान खस्केको हो ।
बेलायतका राजनीतिशास्त्री सिमोन अन्हलोल्ट तथा सर्वेक्षण संस्था इप्सोसले यो सर्भे गराएका हुन् ।
अमेरिका पोहोर सालको भन्दा दुई स्थान माथि रही आठौं स्थानमा छ । भारत अघिल्लो वर्षभन्दा ६ स्थान तल झरेर ४० मा पुगेको छ । चीनले पहिलेको भन्दा सुधार गरेर आफूलाई ३१औं स्थानमा पुर्याएको छ ।