०२ साउन २०८३, शनिबार

कोशीमा शिक्षा र सामाजिक क्षेत्रमा ३ अर्ब १० करोड बजेट

असार १, २०८३
विराटनगर
कोशीमा शिक्षा र सामाजिक क्षेत्रमा ३ अर्ब १० करोड बजेट

कोशी प्रदेश सरकारले शिक्षा र सामाजिक क्षेत्रमा ३ अर्ब १० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । 

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सोमबार प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । 

उनले सक्षम छोरी कार्यक्रमको लागि ७ करोड, अपाङ्गता रोकथाम तथा संरक्षणको लागि १६ करोड ५० लाख, बौद्धिक अपाङ्गता तथा अटिजम बालबालिकाका लागि १ करोड, सांकेतिक भाषाको अधिकार प्रत्याभूति गर्न १६ करोड, सांकेतिक भाषा स्रोत कक्षाको लागि १ करोड, १ सय वडा विद्यालयमा डिजिटल बोर्डबाट पढाइ शुरू गर्न १० करोड विनियोजन गरेको मन्त्री लिङ्थेपले बताए । 

यस्तै, ज्योतिष शास्त्र, वास्तु तथा तान्त्रिक विधिको अध्ययन गरिने मन्त्री लिङ्थेपले जानकारी दिए । मनमोहन प्राविधिक विश्वविद्यालयका लागि २० करोड बजेट विनियोजन गरेको प्रदेश सरकारले धनकुटामा चिकित्सा शास्त्र अध्ययन शुरू गर्ने घोषणा गरेको छ । 

प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि २३ करोड विनियोजन गरेको छ । वैजनाथ क्रिकेट रंगशालाको निर्माणका लागि ५ करोड, समुदायमा रहेका मौलिक ज्ञान, सीप र प्रविधि अनुसन्धान गर्न २७ करोड रूपैयाँ पनि विनियोजन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्