०७ असार २०८३, आइतबार

ओली सरकारले कागजी बजेट ल्याएकाले कार्यान्वयनमा समस्या भयो– गृहमन्त्री खाँण

कात्तिक १९, २०७८
ओली सरकारले कागजी बजेट ल्याएकाले कार्यान्वयनमा समस्या भयो– गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाणले अघिल्लो सरकारले कागजी बजेट ल्याउँदा त्यसलाई कार्यान्वनमा समस्या भएको बताएका छन् ।

उनले पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई ‘कागजी घोडा’ संज्ञा समेत दिए ।

शुक्रवार गृहजिल्ला रूपन्देहीको तिलोत्तमा गौशालामा गोबर्धन पूजा गर्दै गृहमन्त्री भने, ‘अहिले हामीले यथार्थमा आधारित बजेट ल्याएका छौं । जनतासँग हामीले जे हो त्यहीँ बोल्नुपर्छ । सेतो कागजमा कालो मसीले मात्र बजेट बनाएर भएन । कोषमा पैसा त हुनुपर्‍यो । दातृ निकायको पनि सहयोग गरेको छैन । कागजमा लेखेर मात्र हुन्छ ।’

आफूहरूले अघिल्लो सरकारले ल्याएका योजनाहरू कटौती गरेको नभई बजेट अभावले अगाडि बढ्न नसक्ने देखिएपछि रोकेको खाँणले स्पष्ट पारे ।

उनले अघिल्लो सरकारले ल्याएकै बजेट पास गर्न आग्रह गर्दा पनि कागजी बजेट भएकाले पास गर्न तयार नभएको बताए ।

उनले अहिले ल्याएको बजेट यथार्थ बजेट भएको बताउँदै कागजी बजेटमा समेटिएका केही योजना कटौती भएको समेत बताए ।

‘आम्दानी छैन्, खर्च बढी छ । त्यसैले यथार्थ बजेट ल्याएका छौ । यथार्थ बजेट ल्याउँदा केही योजना कटौती पक्कै भएका छन्,’ उनले भने ।

एमसीसी पास गर्ने सबालमा विपक्षी दलका नेताहरूले दुई चरित्र देखाएको आरोप समेत उनले लगाए ।

‘विपक्षी दलका नेताहरुले एमसीसी पारित गर्ने सवालमा एउटा नेतासँग बोल्दा पास गर्न सहयोग गछौं । अर्कोसँग बोल्दा यो त कुनै हालतमा पास गर्न हुँदैन भन्नुहुन्छ ।’

कमेन्ट गर्नुहोस्