×

NMB BANK
NIC ASIA

सत्तारुढ दलभित्रै मतभेद

एमसीसीबारे पत्र लेखिएको स्वीकार्दै प्रचण्डले गरे देउवाको भनाइको खण्डन

कात्तिक १९, २०७८

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने प्रतिवद्धता जनाएर पत्र नपठाएको बताएका छन् । 

Muktinath Bank

प्रधानमन्त्री शेरबहादुर देउवाले कोप २६ को सम्मेलनबाट स्वदेश फर्किने क्रममा विमानस्थलमा एमसीसी पारित गर्ने भनेर प्रचण्ड र आफूले पत्र पठाएको बताएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डलाई जोडेर प्रधानमन्त्रीको भनाइ आएपछि राजनीतिक वृत्तमा पत्र सार्वजनिक गर्नुपर्ने आवाज उठिरहेको छ ।


Advertisment
Nabil box
Kumari

प्रचण्ड निवास खुमलटारमा तिहारको अवसरमा देउसीभैलो खेल्न गएका सञ्चारकर्मीहरूको टोलीलाई शुभकामना दिने क्रममा प्रचण्डले एमसीसी सम्झौताका सन्दर्भमा सबै राजनीतिक दलसँग सहमति कायम गर्न छलफल गर्नुपर्ने भएकाले समय मागिएको बताए ।

Vianet communication

यसअघि प्रचण्डले एमसीसी सम्झौता संशोधन नगरी पास गर्न नहुने बताउँदै आएका छन् । 

‘देशमा सबैसँग छलफल नगरी, राष्ट्रिय सहमति नबनाई एमसीसी पारित गर्न सकिँदैन । त्यसको लागि हामीलाई समय पनि चाहिन्छ,’ प्रचण्डले भने, ‘हामी छलफल गर्छौं । समस्या कहाँ छ, त्यसको निदान कसरी गर्न सकिन्छ भन्ने उपाय निकाल्छौं भनेर लेखेको चिठी हो । हामी पास गर्छौं भनेर लेखेको चिठी होइन ।’

अमेरिका, बेलायत वा कुनै पनि विदेशीले दिएको सहयोग नलिने भन्ने हुँदैन भन्दै उनले भने, ‘अनुदान सहयोग दिने र लिने कुरा सामान्य कुरा हो तर एमसीसी यति धेरै बहस किन भयो भन्ने कुरामा ध्यान दिनुपर्छ ।’

देउसीभैलो टोलीसँग प्रचण्डले भने, ‘शुरूमा सहमति हुँदा एमसीसी संशोधन गर्नुपर्ने केही कुरा थिएन । अमेरिकाले पैसा दिने, नेपालले विकास गर्ने भन्ने मात्रै थियो । त्यतिबेला हामी पनि सरकारमा थियौं । देउवाकै नेतृत्वमा सरकार थियो । त्यो सम्झौतामा संसदमा लगेर ऐनसरह हुने गरी अनुमोदन गर्ने कुरा थिएन । पछि त्यो थपियो । त्यसो हुँदा के हो त यसको रहस्य भन्ने प्रश्न खडा भयो र यो विवाद बन्न आएको हो ।’ 

‘ओरिजिनल’ सहमतिसँग डराउनुपर्ने कुरा नभएको बताउँदै प्रचण्डले भने, ‘बीचमा थपिएको कुराले गर्दा नेपालको राष्ट्रिय हितमा नै असर पर्ने भन्ने आमजनतालाई लागिसकेपछि यसलाई सम्बोधन नगरी पास गर्न सकिँदैन ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x