३१ असार २०८३, बुधबार

सत्तारुढ गठबन्धनको समन्वय समितिमा नारायणकाजी श्रेष्ठलाई पठाउने माओवादीको निर्णय

कात्तिक २३, २०७८
सत्तारुढ गठबन्धनको समन्वय समितिमा नारायणकाजी श्रेष्ठलाई पठाउने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सत्तारुढ ५ दलीय गठबन्धनको समन्वय समितिमा नेता नारायणकाजी श्रेष्ठलाई सदस्य पठाउने निर्णय गरेको छ ।

गठबन्धनभित्रका दलबाट २/२ जना सदस्य रहने समितिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सदस्य रहेका छन् ।

मंगलवारको स्थायी कमिटी बैठकले गठबन्धनको समन्वय समितिमा पार्टी अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई पठाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादीले आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय समेत गरेको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुस ११–१३ गतेसम्म तय गरेको छ ।

बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीको सम्बन्धमा पार्टीका केन्द्रीय अध्यक्ष प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेश भित्रका केन्द्रीय कमिटी सदस्यसँग परामर्श गरेर टुंगो लगाइने निर्णय गरिएको जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्