१० असार २०८३, बुधबार

भूमि आयोगको कामकारबाहीबारे गृहमन्त्रीको चासो

कात्तिक २३, २०७८
भूमि आयोगको कामकारबाहीबारे गृहमन्त्रीको चासो

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय भूमि आयोगले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी लिएका छन् ।  मंगलबार मन्त्रालयमा आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्कासहितका पदाधिकारीलाई बोलाएर अहिलेसम्म भएका प्रगतिबारे जानकारी लिएका हुन् ।

आयोगका अध्यक्ष निरौलाले यसअघिको आयोगले गरेका कामर अहिलेसम्मको अवस्थाबारे सबै पालिकासँग तथ्यांक मागिएको जानकारी दिए ।  त्यो तथ्यांक आयो भने अहिलेसम्म कति काम भएको छ, गर्नु पर्ने काम के छ र कति समय लाग्छ भन्नेबारे स्पष्ट हुने गृहमन्त्री खाणलाई जानकारी गराए ।  

उनले अहिलेसम्म ११ लाख फाराम भरिएकामा सफ्टवेयरमा जम्मा एक लाख ८४ हजारमात्रै इन्ट्री गरिएको जानकारी गराएका थिए ।  कात्तिक मसान्तसम्म कार्यविधि बनाएर काम सुरु गरी माघ मसान्तसम्ममा केही मात्रामा भए पनि जग्गा धनी पूर्जा बाड्ने गरी आफूहरूले काम गरिरहेको उनले जानकारी गराए ।

गृहमन्त्री खाणले नतिजा आउनेगरी काम गर्न निर्देशन दिए ।  ‘गृह मन्त्रालयबाट हुने साथ र सहयोग तपाइहरूलाई पूर्ण रूपमा हुन्छ । नतिजा देखिनेगरी काम गर्नुहोला,’ गृहमन्त्री खाणले भने ।

salt training

कमेन्ट गर्नुहोस्