०४ साउन २०८३, सोमबार

किन भयो तरलता अभाव ? यसो भन्छन् गभर्नर

कात्तिक २३, २०७८
किन भयो तरलता अभाव ? यसो भन्छन् गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बढी कर्जा प्रवाह हुँदा तरलता अभाव भएको बताएका छन् ।  नेपाल बैंकर्स सङ्घको ३५औँ साधारणसभामा गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुमै सोचेअनुरुप रेमिट्यान्स नआउनु, आयात बढेर बाह्य क्षेत्रमा दबाब परेको र सरकारी खर्च बेलैमा नहुँदा तरलतामा चाप परेको बताए ।
 
उनले अर्थतन्त्रको पुनःरूत्थान चाँडो हुन ऋण विस्तार सहयोगी भएकाले पनि अभाव भएको उल्लेख गर्दै संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न आग्रह गरे । उनले नाफा मात्र खोज्ने प्रवृत्ति हुँदा ऋण विस्तार भएको भन्दै बैंकरमा अनुशासन कायम हुन जरुरी भएको बताए ।

अर्थविद् डा शङ्कर शर्माले बैंकिङ क्षेत्र संवेदनशील क्षेत्र भएकाले यसको व्यवस्थापन र सञ्चालनमा विशेष ध्यान दिन आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्