०८ साउन २०८३, शुक्रबार

'फुटवेयर बिजनेश एक्सपो–२०२१’ कार्तिक २६ गतेदेखि

कात्तिक २४, २०७८
'फुटवेयर बिजनेश एक्सपो–२०२१’ कार्तिक २६ गतेदेखि

फुटवेयर म्यानुफ्याम्चरर्स एशोसियसनले जुत्ता चप्पल मेला आयोजना गर्ने भएको छ ।

‘फुटवेयर बिजनेश एक्सपो–२०२१’ नामाकरण गरेर एशोसियसनले कार्तिक २६ देखि मंसिर १३ सम्म मेला आयोजना गर्न आएको हो ।

मेलामा ३० कम्पनीका १ सय बढी स्टल रहने मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।

उनका अनुसार मेलामा नयाँ तथा पूराना ब्राण्डका जुत्ता चप्पलमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुनेछ ।

दैनिक ७ हजार ५ सय जोर जुत्ता बिक्रि हुने र मेला अवधि भरमा २ करोड बढीको कारोबार गर्ने लक्ष्य एशोसियसनको छ । एशोसियसनले मेलाकै लागि भनेर ५० लाख बढी लगानी गर्ने जनाएको छ । भृकुटीमण्डपमा मेला आयोजना गर्न एशोसियसनले समाजकल्याण परिषदलाई दैनिक ६० हजार रुपैयाँ तिर्नेछ ।

मेलामा स्टल राखेवापत कम्पनीहरुले छुट्टै शुल्क तिर्नु नपरेपनि खर्च भाग लगाएर ३० कम्पनीले व्यहोर्ने संयोजक उपाध्यायले जानकारी दिए । मेलामा ३ हजार ब्राण्डका जुत्ता चप्पल एउटै छानामुनि उपभोक्ताले रोजिरोजी पाउने उनको भनाई छ ।

जुत्ता चप्पल उद्योगमा १८ अर्ब माथिको लगानी  रहने जुत्ता मेलामा १० लाख बढीले मेलाको अवलोकन गर्ने दाबी आयोजकको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्