
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋण विस्तार बढी हुँदा तरलता अभाब भएकाे बताएका छन्।
बैकर्स संघको साधारणसभामा उनले अर्थतन्त्रकाे पुनरूत्थान चाँडाे हुन ऋण विस्तार सहयाेगी भएकाे भन्दै त्यसैका कारण अभाब भएकाे उनले बताए।
उनले संयमित भएर ऋण विस्तार र ब्याज समायाेजन गर्न आग्रह गरे। उनले रेमिटेन्स साेचेअनुसार नआएकाे, आयात बढेर बाह्य क्षेत्रमा दबाब परेकाे र सरकारले खर्च नगर्दा समस्या भएकाे बताए।
उनले पछिल्लाे समय ब्याजमा हस्तक्षेप गरेकाे बारे बाेल्दै बाध्यात्मक कदम भनेर प्रतिरक्षा गरेका छन्।
नियामककाे नीतिकाे छिद्र खा्ेज्ने काम भएकाे उनले बताए। नाफा मात्र खाेज्ने प्रबृत्ति हुदा ऋण बिस्तार भएकाे भन्दै बैंकहरूकै बद्माशीका कारण कडा नियम बनाउनु परेकाे बताए।