×

NMB BANK
NIC ASIA

स्वास्थ्य सामग्री हस्तान्तरण

कात्तिक २४, २०७८

NTC
फाइल तस्वीर
Premier Steels

बगनासकाली बहुउद्देश्यीय सहकारी र ग्रामीण स्वावलम्बन विकास केन्द्रले संयुक्त रुपमा  स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । कोभिड सङ्क्रमणको न्यूनीकरण नभइसकेको जनाउँदै ती दुई सस्थाले सङ्क्रमणबाट सुरक्षित रहन र उपचारका निम्ति चाहिने साम्रगी बगनासकाली गाउँपालिकाभित्रका स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेका हुन्  । 

Muktinath Bank

ती सामग्रीका अक्सिजन कन्सन्ट्रेटर दुई , अक्सिजन फ्लोमिटर दुई , अक्सिजन सिलिण्डर , अक्सिजन सिलिण्डर रेञ्च एक, पल्स अक्सोमिटर पाँच, प्यासेन्ट मोनिटर दुई, भिटिएस २००, ऐन्जिेन किट ३००, पिपिई सेट ३० थान, स्यानिटाइजर १०० लिटर, एक्जामिनेशन ग्लोबल ३० प्याकेट, सोडियम हाइडोक्रोराइड ५० लिटर, सर्जिकल मास्क पाँच हजार , आइसोलेशन शय्या तीन, कम्मल एक, बेडकभर १० , पिलोकभर १० थान रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी आइबीस्ट्ण्ड पाँच, ह्वीलचियर दुई, डिजिटल बिसीसेट पाँच, थर्मलगन दुई, अटोमेटिक ह्याण्ड डायर एक, फोहर डिस्पोज बक्स एक, टर्चलाइट पाँच, स्टथेस्कोप पाँच, ह्यान्डवास डिटोल पाँच लिटर स्थानीय स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको सहकारीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

सो सहकारी संस्थाका अध्यक्ष कृष्ण भुसालले सो गाउँपालिकाको बराङ्दीको घिमिरेडाँडाको आइसोलेशन सेन्टरसहित चापपानी , नायरनम्तलेस र खानीछाप स्वास्थ्यचौकीलाई  रु २० लाख बराबारका ती सामग्री वितरण गरिएको जानकारी दिए ।

Vianet communication

साथै जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका र सहकारी संस्थाका पदाधिकारी सदस्यलाई कोभिडबाट सुरक्षित रहन तालिम सञ्चालन गर्न लागिएको छ । यसबाट गाउँपालिकाभित्रका नागरिक सुरक्षित रहन सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ  । सहकारीले आफ्नै भवनमा सञ्चालन गर्न लागेको आइसोलेशनका लागि स्थानीय स्वास्थ्यचौकीसहित स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग सहकार्य हुने उनले बताए ।

कार्यक्रममा बगनासकाली–८ का वडाध्यक्ष गणेशप्रसाद बस्याल, ग्रामीण स्वावलम्बन विकास केन्द्रका प्रतिनिधि हर्खबहादुर सुनुवारले कोभिडबाट सुरक्षित रहनुपर्ने र स्वास्थ्योपचारमा सबै नागरिकको पहुँच पुग्न आवश्यकता औँल्याउनुभयो । जिल्ला सहकारी सङ्घका अध्यक्ष भुपति पाण्डे, जिल्ला बचत सङ्घका अध्यक्ष जगदीश भट्टराई, स्वास्थ्य कार्यालय पाल्पाका प्रतिनिधि मधुसुधन भट्टराई, नेपाल पत्रकार महासङ्घका सचिव यज्ञमूर्ति तिमिल्सिनाले असुरक्षाका कारण कोभिड सङ्क्रमणको जोखिम उच्च हुने र कोभिडबाट सुरक्षित रहन स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताए । 

सस्थाका सचिव कमलराज तिमिल्सेनाले सहकारीका सदस्यका आयआर्जनसँगै स्वास्थ्य सुरक्षाका क्षेत्रमा समेत काम गर्दै आएको बताए । सहकारीका माध्यमबाट यस क्षेत्रमा व्यावसायिकरूपमा भैँसीपालन, खुर्सानी खेती हुँदै आएको छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x