३१ जेठ २०८३, आइतबार

इचोकको बस दुर्घटनामा १ जनाको मृत्यु, ५ घाइते

कात्तिक २४, २०७८
इचोकको बस दुर्घटनामा १ जनाको मृत्यु, ५ घाइते
प्रतिकात्मक तस्वीर

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु–७ इचोकबाट काठमाडौंको लागि छुटेको यात्रुबाहक बस इचोकमा दुर्घटनामा परेको छ ।

सिन्धु हेलम्बु यातायात प्रालिको बा४ख ५८१५ नम्बरको बस हेलम्बुको इचोकमा बुधवार बिहान दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

मृत्यु हनेमा हेलम्बु–३ पाल्चोककी ५५ वर्षीया महिला पासाङ तामाङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ । घाइते हुनेमा हेलम्बु ६ का अनुज तामाङ, सोही ठाउँमा पासाङ दोर्जे, साजन तामाङ, जङ्बु तामाङ, हेलम्बु–७ का आयुष पण्डित रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायब निरीक्षक सुनिल थापाले जानकारी दिए ।

घाइतेको उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरू गरेको छ । ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्