०९ असार २०८३, मंगलबार

सुशान्त सिंह राजपूत मृत्यु प्रकरण : अदालतले दियो रिया चक्रवर्तीको पक्षमा आदेश

कात्तिक २४, २०७८
सुशान्त सिंह राजपूत मृत्यु प्रकरण : अदालतले दियो रिया चक्रवर्तीको पक्षमा आदेश

भारतको विशेष अदालतले अभिनेत्री रिया चक्रवर्तीको पक्षमा आदेश दिएको छ ।

अदालतले बुधवार चक्रवर्तीको बैंक अकाउन्ट डिफ्रीज गर्न आदेश दिएको हो, जुन रियाको पक्षमा रहेको छ ।

बलिउडका अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु पछि ड्रग्स प्रकरणमा एनसीबीले नायिका रिया चक्रवर्तीको बैंक अकाउन्ट फ्रीज गरेको थियो । 

भारतको विशेष अदालतले बुधवार उनको बैंक खाता डीफ्रीज गर्ने आदेश दिएको हो । 

अदालतले उनको म्याकबुक प्रो र आइफोन लगायतका ग्याजेट्स समेत फिर्ता दिन निर्देशन गरेको छ ।

एनसीबीले १६ सेप्टेम्बर २०२० मा चक्रवर्तीको बैंक खाता र फिक्स्ड डिपोजिट समेत फ्रीज गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्