
अवैध रूपमा भित्र्याइएको आधा किलो सुनसहित एक जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
दुबईबाट फ्लाइ दुबईको विमानमार्फत बुधवार बिहान १०: ०५ मा काठमाडौं ओर्लिएका भारतीय नागरिक मोहम्मद जुहेबलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले मलद्वारमा सुन लुकाएर ल्याएको पाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
उनले करीब आधा किलो (५४५ ग्राम) सुन लुकाएर ल्याएको बाँस्तोलाले बताए ।
प्रहरीले उनको गतिविधि शंकास्पद देखेपछि नियन्त्रणमा लिएर खोजतलास गरेको थियो ।