०५ असार २०८३, शुक्रबार

युवक हत्याकाण्डः प्रदर्शनकारीद्वारा सेनाको गाडीमा ढुंगा प्रहार, पूर्वपश्चिम राजमार्ग दिनभर अवरुद्ध

कात्तिक २४, २०७८
युवक हत्याकाण्डः प्रदर्शनकारीद्वारा सेनाको गाडीमा ढुंगा प्रहार, पूर्वपश्चिम राजमार्ग दिनभर अवरुद्ध

कैलालीको लम्कीमा युवकको हत्या भएको विरोधमा दिनभर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले नेपाली सेनाको गाडी तोडफोड गरेको छन् ।

तालिमका लागि जुम्लाबाट महेन्द्रनगर जाँदै गरेको सेनाको गाडीमाथि प्रदर्शनकारीले कैलालीको लम्कीमा ढुंगा प्रहार गरी तोडफोड गरेका छन् ।

प्रत्यक्षदर्शी तथा स्थानीय पत्रकार नवराज खनालले प्रदर्शनकारीले सेनाको गाडीमा ढुंगा प्रहार गरी अगाडिको सिसा फुटाएको जानकारी दिए । सेनाले गोली चलाउने आदेश समेत पाइसकेको भएपछि संयमता अपनाएको उनको भनाइ छ ।

यसैबीच प्रहरीले ४ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो भने ३ जना प्रदर्शनकारीलाई पक्राउ परेको छ ।

मंगलवार राति खुकुरी प्रहारबाट लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या भएपछि मृतकका आफन्त तथा स्थानीयले बुधवार दिनभर राजमार्ग अवरुद्ध पार्दै प्रदर्शन गरेका छन् ।

प्रहरीले हत्यामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्ने र अनुसन्धान भइरहेको बताएपछि अवरुद्ध राजमार्ग खुलाइएको बताएको थियो तर स्थानीय र आफन्तले ढुंगामुढा गरेर राजमार्ग अवरुद्ध पारेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्