
खोला तथा तलाउमा पुगेर भीडभाड गर्दै हरेक वर्ष छठ मनाइन्छ । छठमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।
तर मोरङको एक परिवारले घरमै कृत्रिम पोखरी बनाएर छठ पर्व मनाएको छ ।
भीडभाडमा कोरोना बढ्ने भन्दै प्लाष्टिकको पोखरी बनाएर पूजा गरिएको ममता साबुले बताइन् । साबुको परिवारका २५ जनाभन्दा बढीले कृत्रिम पोखरीमा छठ मनाएका हुन् ।
भीडभाडमा जाँदा कोरोको संक्रमण बढ्ने भएपछि घरमै कृत्रिम पोखरी बनाएर छठको पूजा गरेको साबुले बताइन् ।
