२५ असार २०८३, बिहीबार

देउवालाई थापाको जवाफ : गणतन्त्र असफल भइसक्यो, राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन

कात्तिक २४, २०७८
देउवालाई थापाको जवाफ : गणतन्त्र असफल भइसक्यो, राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनावमा भिड्न चुनौती दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले जवाफ फर्काएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै अध्यक्ष थापाले गणतन्त्र असफल भइसकेकाले राजालाई गाली गरेर राज गर्ने जमाना नरहेको बताएका छन् ।

अध्यक्ष थापाले लेखेका छन्, ‘प्रम देउवालाई आग्रह – राजाविरुद्ध आक्रोश होइन, सुशासन दिनुहोस् । न्यायालय हड्तालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचार/सर्वसत्तावादमा लिप्त छ, धर्म परिवर्तन व्यापक भएको छ, रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन् । संघीय गणतन्त्र असफल भइसक्यो । राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन ।’

यसअघि बुधवार बिहान एक कार्यक्रममा प्रधानमन्त्री देउवाले ज्ञानेन्द्र शाहलाई गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्