०५ असार २०८३, शुक्रबार

३ दिनदेखि हराएका बालक मृत फेला

कात्तिक २४, २०७८
३ दिनदेखि हराएका बालक मृत फेला
प्रतिकात्मक तस्वीर

३ दिनदेखि हराएका मोरङको बुढीगंगा गाउँपालिका–५ हात्तीमुडाका बालक मृत अवस्थामा फेला परेका छन् । 

स्थानीय उपेन्द्र रायका १४ वर्षीय छोरा निश्चल रायको शव बुधवार बिहान घरदेखि पूर्वपट्टीको सिंघीया खोलामा फेला परेको हो ।

निश्चल कात्तिक २२ गतेदेखि हराएका थिए । ३ दिनदेखि हराएका निश्चलको शव घरदेखि करीब १ किलोमिटर पूर्वमा रहेको सिंघीया खोला छेउमा फेला परेको मोरङ प्रहरीले जनाएको छ । 

बालकको शव कपडा खोलेको अवस्थामा फेला परेको प्रहरीको भनाइ रहेको छ । घटनाको थप अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।  

घटना रहस्यमय रहेको र हत्या गरेर फालेको भन्दै मृतकको परिवारले घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गरिनुपर्ने माग गरेका छन् ।

छोरा हराएको लिखित उजुरी प्रहरी कार्यालयमा समयमै जानकारी गराउँदा पनि प्रहरीले गम्भीर रूपमा खोजी नगरेको परिवारको आरोप रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्