
कोरोना भाइरस संक्रमणको महामारीका कारण डेढ वर्षदेखि अवरुद्ध रहेको भारतको सिलीगुडीदेखि नेपालको काठमाडौंसम्मको बस सेवा फेरि शुरू भएको छ ।
मंगलवार ४५ सिट क्षमताको बस सिलीगुडीबाट काठमाडौंका लागि प्रस्थान गरेको भारतीय मिडिया पञ्जाब केसरीले जनाएको छ ।
सिलीगुडी बस सञ्चालक तथा बुकिङ एजेन्ट्सका अध्यक्ष सन्तोष साहाले कोरोना विरुद्धको दुवै मात्रा खोप लगाएका यात्रुले बसमा यात्रा गर्न पाउनेछन् ।
बसमा कोरोना रोकथामका स्वास्थ्य सुरक्षा मापदण्डको समेत पालना गरिने जनाइएको छ ।