१० असार २०८३, बुधबार

जनगणना कार्यक्रम सफल बनाउन प्रधानमन्त्री देउवाको आग्रह [भिडियो]

कात्तिक २५, २०७८
जनगणना कार्यक्रम सफल बनाउन प्रधानमन्त्री देउवाको आग्रह [भिडियो]

प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय जनगणना २०७८ सफल बनाउन सबैमा आग्रह गरेका छन् । 

बिहीवार एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले जनगणना सफल बनाउन आग्रह गरेका हुन् । 

उनले भनेका छन्,'देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाको आधार स्तम्भको रुपमा रहेको राष्ट्रिय जनगणना, २०७८ आजबाट शुरू हुँदैछ। सही विवरण उपलव्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछु ।'

कार्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणनाका लागि घरघरमा जाने गणकहरूलाई सही सूचना दिन समेत उनले आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्