०४ असार २०८३, बिहीबार

प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्नै नदिन बिहानैदेखि वकिलहरूलाई सर्वोच्च गेटमा उतारिने

कात्तिक २५, २०७८
प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्नै नदिन बिहानैदेखि वकिलहरूलाई सर्वोच्च गेटमा उतारिने

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वाेच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ ।

बारका महासचिव लीलामणि पौडेलले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै शुक्रवार बिहान साढे ९ बजे कानून व्यवसायी वकिलहरूलाई बारमा उपस्थित हुन अपिल गरेका छन् ।

बारमा वकिलहरू उपस्थित भएर सर्वाेच्च गेटमा नै प्रधानन्यायाधीशलाई रोक्ने कार्यक्रम रहेको बार स्रोतले जनाएको छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘भोलि मिति २०७८/०७/२६ गतेका दिन सर्वोच्च अदालतका सम्पूर्ण बेञ्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने, बेञ्च बहिष्कार गर्ने र माननीय न्यायाधीशज्यूहरूलाई समेत प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न र भोलि मिति २०७८/०७/२६ गते बिहान ९ः३० बजे नै सम्पूर्ण कानून व्यवसायीहरूलाई नेबाएमा उपस्थित हुन समेत अपिल गर्दछौं ।’

यस्तो छ विज्ञप्ति –

नेपाल बार एशोसिएशनले यही २०७८ कात्तिक १४ गतेदेखि न्यायपालिकाको विकृति, विसंगती, विचौलिया, भ्रष्टाचारको पृष्ठपोषक प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाको राजीनामा माग गरी निरन्तर शान्तिपूर्ण विरोध कार्यक्रम गरि आएकोमा प्रधान न्यायाधीशले विभिन्न विचौलिया, भिजिलान्तेहरुको प्रयोग गरी २०४६ सालमा पञ्चायतको अन्त हुँदा ताका प्रतिकार समिति गठन गरि लोकतन्त्रप्रेमी न्यायप्रेमी जनता विरुद्ध प्रयोग गरेकै शैलिमा विभिन्न हतकण्डाहरु गरिआएको र आजको शान्तिपूर्ण विरोध सभामा प्रधान न्यायाधीशको ठाडो आदेशमा हतियार सहितका सुरक्षाकर्मीहरु अदालत भित्रै प्रवेश गराई शान्तिपूर्ण कार्यक्रममा रहेका कानून व्यवसायी माथि अत्याधिक वल प्रयोग र हातपात गर्दा हाम्रा कानून व्यवसायीहरु नेबाए पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता  डा। कुमार शर्मा आचार्य, नेबाए उपाध्यक्ष अधिवक्ता रक्षा वस्याल, नेबाए महासचिव अधिवक्ता लीलामणि पौडेल, नेबाए पूर्व केन्द्रिय सदस्य रमण कुमार कर्ण, अधिवक्ता मुकुन्द भटृराई लगायतका कानून व्यवसायीहरु घाइते हुनु भएको छ । प्रधान न्यायाधीशको यस्तो हर्कतको नेपाल बार एशोसिएशनले घोर निन्दा र भत्र्सना गर्दछ । यस्तो हर्कत भविष्यमा नदोहोर्याउन चेतावनी समेत दिन चाहान्छौँ ।  आफ्नै अदालत र कानून व्यवसायीबाट मात्र नभएर आम नागरिकबाटै वहिस्कृत प्रधान न्यायाधीशको विरोधमा नेबाए र आवद्ध सम्पूर्ण  एकाईहरुले भविष्यमा थप कठोर कदम चाल्न बाध्य हुने व्यहोरा जानकारी गराउँदै भोलि मिति २०७८।०७।२६ गतेका दिन सर्वोच्च अदालतका सम्पूर्ण वेञ्चमा कुनै पनि मुद्धामा वहस पैरवी नगर्ने, वेञ्च बहिष्कार गर्ने र माननीय न्यायाधीशज्यूहरुलाई समेत प्रधान न्यायाधीश चोलेन्द्र सम्सेर राणालाई तोक्ने वा तोकेका इजलासमा नबस्न र भोलि मिति २०७८।०७।२६ गते बिहान ९ः३० बजे नै सम्पूर्ण कानून व्यवसायीहरूलाई नेबाएमा उपस्थित हुन समेत अपिल गर्दछौं ।

अधिवक्ता लीलामणि पौडेल
महासचिव

salt training

कमेन्ट गर्नुहोस्