०१ असार २०८३, सोमबार

यी व्यक्तिले ८९ वर्षको उमेरमा गरे पीएचडी

कात्तिक २५, २०७८
यी व्यक्तिले ८९ वर्षको उमेरमा गरे पीएचडी

अमेरिकाको रोड आइल्यान्डमा रहेका ८९ वर्षीय व्यक्तिले विद्यावारिधि (पीएचडी) पूरा गरेका छन् । 

त्यसका लागि उनले विगत दुई दशकदेखि प्रयास गरिरहेका थिए । 

म्यानफ्रेड स्टाइनरले प्रोभिडेन्समा रहेको ब्राउन विश्वविद्यालयमा सफलतापूर्वक डिजर्टेसनको डिफेन्स गरेका हुन् । स्वास्थ्य बिग्रेका कारण उनले उमेर छँदै पढाइ पूरा गर्न पाएका थिएनन् । 

‘तर म सफल भएँ र यो मेरो जीवनको सबभन्दा सन्तोषजनक क्षण हो,’ उनले बताए । 

भिएनामा किशोरावस्थामा स्टाइनरले अल्बर्ट आइन्सटाइन र म्याक्स प्लान्कको बारेमा पढेर उनलाई भौतिकशास्त्री बन्ने रहर लागेको थियो । 

तर दोस्रो विश्वयुद्धपछि उनकी आमा र काकाले उनलाई चिकित्साशास्त्र अध्ययन गर्न सल्लाह दिए । उनले सन् १९५५ मा भिएना विश्वविद्यालयबाट मेडिकल डिग्री लिए अनि त्यसको केही हप्तापछि अमेरिका बसाइँ सरे । अमेरिकामा उनले रगत र रक्तरोगका विषयमा सफल करीयर अनुभव गरे । 

तर उनको मन भौतिकशास्त्रमै रमिरहेको थियो । ७० वर्षको उमेरमा उनले ब्राउन विश्वविद्यालयमा अन्डरग्य्राजुएट क्लास लिन थाले र सन् २००७ मा उनले पीएचडी प्रोग्रामका लागि पर्याप्त क्रेडिट ल्याइसकेका थिए । 

भौतिकशास्त्रका प्राध्यापक ब्राड मार्स्टनले स्टाइनरको पीएचडी डिजर्टेसन गराएका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्