०१ असार २०८३, सोमबार

चलचित्र ‘सिल्ली फो’को छायाँकन मंसिरबाट हुने

कात्तिक २६, २०७८
चलचित्र ‘सिल्ली फो’को छायाँकन मंसिरबाट हुने

नेपाली चलचित्र ‘सिल्ली फो’ निर्माण हुने भएको छ । 

रुद्राक्ष फिल्मस् प्रा.लि.को ब्यानरमा ‘सिल्ली फो’ बन्ने भएको हो । 

रुद्र खनालको प्रस्तुतिमा बन्ने चलचित्रको लेखक तथा निर्देशक राजबहादुर साने हुन् । यसको निर्माता मनोज डि.के. हुन् भने सहनिर्माता विशाल श्रेष्ठ र सागर विष्ट रहेका छन् । 

चलचित्रमा कलाकारहरू केकी अधिकारी, रविन्द्र झा, राजाराम पौडेल, दीपक थापालगायतको अभिनय रहने नियन्त्रक सुनिल सिग्देलले जानकारी दिए ।

चलचित्र मंसिर महिनाबाट छायाँकन हुने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्