
पछिल्लो २४ घन्टामा ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६६ नमूना परीक्षणमध्ये ३५५ पीसीआर र ४७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ४६९ पुगेको छ ।
मन्त्रालयका अनुसार थप ३८९ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ ।
हाल मुलुकभर ७ हजार ४९८ सक्रिय संक्रमित छन् ।