क्रिकेट खेलको क्रेज संसारभर छ, खेलाडी सँगसँगै समर्थक समेत उत्तिकै रोमाञ्चक हुने गर्छन् ।
अस्ट्रेलियासँग भएको खेलमा पाकिस्तान हारेपछि पाकिस्तानी समर्थक आक्रोशित भएका छन् । अस्ट्रेलियाका खेलाडी साहीन शाह अफरिदीले ३ छक्काको मद्दतले टीमलाई जिताए ।
साहीनले छक्का हान्नुअघि पाकिस्तानका खेलाडी हसन अलीले ‘क्याच’ छाडेका थिए । अलीले क्याच छाड्दा साहीनले मौका पाएको भन्दै पाकिस्तानी समर्थक अलीप्रति आक्रोशित बनेका छन् । समर्थकको आक्रोश यति बढेको छ कि सामाजिक सञ्जालमा अलीकी पत्नीलाई गाली गरिएको छ ।
घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय खेलाडी हरभजन सिंहले खेलाडी र समर्थकले हारलाई पनि पचाउन सक्नुपर्ने सुझाव दिएका छन् ।