१२ असार २०८३, शुक्रबार

न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्छ- अर्जुननरसिंह केसी

कात्तिक २७, २०७८
न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्छ- अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ प्रदेश (क) ले आज यहाँ आयोजना गरेको ‘क्षेत्रीय प्रतिनिधिको परिचयात्मक तथा चियापान’ कार्यक्रममा उनले न्यायालयको झगडा अन्त्यका लागि सरकारले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्नुपर्ने बताएका हुन् । 

‘सत्य र न्यायका पक्षमा लड्ने वकिलबीच एकापसमा झगडा हुनु दुःखद् हो, सरकार न्यायालयभित्रको झगडामा बोल्नुपर्छ,’ उनले भने । 

पार्टीका पूर्वसहमहामन्त्रीसमेत रहेका नेता केसीले पार्टीभित्र वैचारिक आन्दोलन आवश्यक रहेको बताउँदै पार्टी नेताले होइन, नीतिले, व्यक्तिले होइन, विचारले चल्नुपर्नेमा जोड दिए । 

कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले सहमतिमा पार्टीका अधिवेशन सम्पन्न गरेर कांग्रेसलाई बलियो बनाउनुको विकल्प नरहेको बताए । 

एकताबद्ध पार्टी निर्माण भए मात्र निर्वाचनमा कांग्रेसलाई कुनै पार्टीले हराउन नसक्ने उल्लेख गर्दै उनले सामूहिक नेतृत्व छनोट गर्नुपर्ने बताए । 

पार्टीका नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जटिल परिस्थितिमा हुन लागेको महाधिवेशनको कार्यतालिका अब परिवर्तन हुन नसक्ने भन्दै महाधिवेशनमा होमिन आमकार्यकर्तालाई आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्