०७ असार २०८३, आइतबार

साम्प्रदायिक द्वन्द्व बढ्ने देखिएपछि जनकपुरधाममा निषेध आदेश

कात्तिक २७, २०७८
साम्प्रदायिक द्वन्द्व बढ्ने देखिएपछि जनकपुरधाममा निषेध आदेश

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुई पक्षबीच तनावको स्थिति सिर्जना भएपछि निषेध आदेश जारी गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय धनुषाले पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिम जनकपुर जटही मार्ग दोबाटो, उत्तर हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेध आदेश जारी गिरेको हो । 

साम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी नाराजुलुस र हुलहुज्जत गरिरहेको भन्दै शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेध आदेश जारी गरिएको प्रशासनले जनाएको छ । 

प्रशासनका अनुसार शनिवार दिउँसो २ बजेदेखि आइतवार राति १० बजेसम्मका लागि निषेध आदेश जारी गरिएको हो । 

छठका दिन हिन्दू–मुस्लिम समुदायका केही व्यक्तिबीच विवाद भएको थियो । सोही विवादका विषयमा आज पनि तनावको स्थिति सिर्जना भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्