
नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले परिवर्तनको प्रमुख बाहक शक्ति माओवादी मात्र भएको दावी गरेकी छन् । भरतपुर महानगरपालिका वडा नं ६ को पार्टी प्रवेश तथा राजनितिक प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले देशको विकास र समद्धि माओवादी केन्द्रबाट मात्र सम्भव हुने बताएकी हुन् ।
एमाले ,कांग्रेस तथा अन्य पार्टीमा आफ्नो राजनितिक भविष्य नदेखी माओवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई क्षमता अनुसार उचित जिम्मेवारी दिने बताउँदै उनले ढुक्क भएर संगठानिक गतिविधीमा लाग्न आग्रह गरिन् । उनले भनिन् , ‘तपाईहरूको संरक्षण पार्टीले गर्छ तपाईँहरू ढुक्क भएर लाग्नुस् ।’
कार्यक्रमलाई स्वागत गर्दै दाहालले आफू भरतपुर महानगरपालिका प्रमुखको भूमिकामा रहेर काम गर्दा सधै जनता र विकासलाई केन्द्रमा राखेर काम कार्बाही गरिरहेको बताउदै विकास शुसासन र जनहितमात्र आफ्नो लक्ष रहेको बताईन् । उनले आउने निर्वाचनमा माओवादी पार्टी देशको ठूलो पार्टी बन्नैपर्ने बताउदै यूगान्तकारी परिवर्तनको रक्षा र यसको विकासका लागी माओवादी नै चाहिने बताईन । उनले पार्टी निर्माणमा लाग्न सबैलाई आग्रह गरिन् ।