३१ जेठ २०८३, आइतबार

परिवर्तनको प्रमुख बाहक शक्ति माओवादीः रेनु दाहाल

कात्तिक २७, २०७८
परिवर्तनको प्रमुख बाहक शक्ति माओवादीः रेनु दाहाल

 नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिका प्रमुख  रेनु दाहालले परिवर्तनको प्रमुख बाहक शक्ति माओवादी मात्र भएको दावी गरेकी छन् । भरतपुर महानगरपालिका वडा नं ६ को पार्टी प्रवेश तथा राजनितिक प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले देशको विकास र समद्धि माओवादी केन्द्रबाट मात्र सम्भव हुने बताएकी हुन् ।

 एमाले ,कांग्रेस तथा अन्य पार्टीमा आफ्नो राजनितिक भविष्य नदेखी माओवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई क्षमता अनुसार उचित जिम्मेवारी दिने बताउँदै उनले ढुक्क भएर संगठानिक गतिविधीमा लाग्न आग्रह गरिन् । उनले भनिन् , ‘तपाईहरूको संरक्षण पार्टीले गर्छ तपाईँहरू ढुक्क भएर लाग्नुस् ।’  

कार्यक्रमलाई स्वागत गर्दै दाहालले आफू भरतपुर महानगरपालिका प्रमुखको भूमिकामा रहेर काम गर्दा सधै जनता र विकासलाई केन्द्रमा राखेर काम कार्बाही गरिरहेको बताउदै विकास शुसासन र जनहितमात्र आफ्नो लक्ष रहेको बताईन् । उनले आउने निर्वाचनमा माओवादी पार्टी देशको ठूलो पार्टी बन्नैपर्ने बताउदै यूगान्तकारी परिवर्तनको रक्षा र यसको विकासका लागी माओवादी नै चाहिने बताईन । उनले पार्टी निर्माणमा लाग्न सबैलाई आग्रह गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्