३१ जेठ २०८३, आइतबार

३४.३६ प्रतिशतले बढ्यो निफ्राको नाफा

कात्तिक २८, २०७८
३४.३६ प्रतिशतले बढ्यो निफ्राको नाफा

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफा ३४.३६ प्रतिशतले बढेको छ।

पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले खुलेको बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २४ करोड २० लाख रुपैयाँ नाफा गरेको हो।

२० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंकले खुद ब्याज आम्दानी ४५.७८ प्रतिशतले बढाएर ४१ करोड ३४ लाख रुपैयाँ पुर्‍याएको छ। 

निफ्राको कुल निक्षेप १९.२५ प्रतिशतले बढेर २९ करोड ८१ लाख रुपैयाँ पुगेको छ। ऋण लगानी भने ५३२१ प्रतिशतले बढेको छ। बैंकले ४ अर्ब ९२ करोड ५० लाख रुपैयाँ ऋण दिएको छ।

salt training

कमेन्ट गर्नुहोस्