०५ साउन २०८३, मंगलबार
सर्वोच्चमा तनाव

सर्वोच्चको गेटअगाडि तनाव, चोलेन्द्रका समर्थकद्वारा नाराबाजी

कात्तिक २८, २०७८
सर्वोच्चको गेटअगाडि तनाव, चोलेन्द्रका समर्थकद्वारा नाराबाजी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थकहरू मोटरसाइकल र्‍यालीसहित सर्वोच्चको गेटमा पुगेर त्यस आसपासको क्षेत्र तनावग्रस्त बनेको छ ।

भित्र नेपाल बार एसोसिएसनको शान्तिपूर्ण धर्ना जारी रहँदा चोलेन्द्र समर्थक केही युवाहरूले सर्वोच्चको गेटअगाडि आन्दोलनरत कानून व्यवसायीहरूको विरोधमा नाराबाजी गरेका हुन् ।

त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप समेत भएको छ । त्यसक्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाहिर नाराबाजी हुन थालेपछि कानून व्यवसायीहरूले पनि भित्रबाट चोलेन्द्र प्रवृत्ति मुर्दावाद भनेर नारा लगाएका थिए ।

कमेन्ट गर्नुहोस्