
माछापुच्छ्रे बैकले एमबीएल कार्डलेस विथड्रवल सेवा संचालनमा ल्याएको छ ।
हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएका ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विथड्रवल अप्सनमा गई यस बैंकको एटीएमबाट नगद झिक्न सक्ने भएका छन् ।
यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले ग्राहकलाई अनुरोध गरेको छ ।