
रोल्पामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
जिल्लाको माडी गाउँपालिका हान्डिङदेखि घर्तीगाउँ आउँदै गरेको रा १ ज ३८२ नम्बरको जीप आज घर्तीगाउँको बजार नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक ५१ वर्षीय लुद्रबहादुर घर्ती, ५३ वर्षीय टेकबहादुर पुन, ४७ वर्षीय चौसरा विक र १८ वर्षीया लीला पुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
लीलाको उपचारका क्रममा रोल्पा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो भने अन्य तीनजनाको घटनास्थलमै मुत्यु भएको हो । मृतक सबै मादी गाउँपालिका–६ का रहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो ।
त्यसैगरी घाइते हुनेमा माडी गाउँपालिका–६ का बीना घर्तीमगर र सोही वडाका पञ्चना विक रहेका छन् । घाइतेलाई रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको प्रहरीले बताएको छ । जीप माडी गाउँपालिका–६ हान्डिङदेखि घर्तीगाउँ आउने क्रममा घर्तीगाउँ बजार नजिकै शहीद मार्गमा दुर्घटना भएको प्रहरीले बताएको छ ।